पिपुल्स पावरको आईपीओ बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११ कित्ता

पिपुल्स पावरको आईपीओ बाँडफाँट, भाग्यमानी दुईजनाले पाए ११ कित्ता


पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ) आइतबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट दुई लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो। यसमध्येबाट दुईजनाले भने प्रतिव्यक्ति ११/११ कित्ताका दरले आईपीओ पाएका छन् ।

कम्पनीले ३१ साउनदेखि ५ भदौसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।

Logo