नेपाललाई केन्याको चुनौतीपूर्ण लक्ष्य

नेपाललाई केन्याको चुनौतीपूर्ण लक्ष्य


घरेलु टोली केन्याले तेस्रो टी-२० क्रिकेटमा नेपालसामू चुनाैतीपूर्ण विजयी लक्ष्य प्रस्तुत गरेको छ ।  

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको हो । केन्याका लागि राकेप पटेल र इरफान करीमले अर्धशतक पारी खेले । पटेल ४३ बलमा ७३ रन र करीम ४७ बलमा ५५ रन बनाउँदै अविजित रहे । 

नेपालका बलर चम्किँन नसक्दा केन्याका खेलाडी हात खोल्न सफल भए । नेपालका आदिल अन्सारी र सोमपाल कामीले समान एकएक विकेट लिए । कप्तान सन्दीप लामिछाने, करण केसी र दिपेन्द्रसिंह ऐरी भने विकेटविहीन रहे ।   

यसअघि नेपाल र केन्याले एक/एक वटा खेल जितिसकेका छन् । पहिलो खेलमा नेपालले जित हात पारेको थियो भने दोस्रो खेलमा कन्या विजयी भयो । 

Logo