भदौ अन्तिम साता नेपाल भित्रिदै एरोमा डर्ट बाइक

भदौ अन्तिम साता नेपाल भित्रिदै एरोमा डर्ट बाइक


चीनमा उत्पादित एरोमा डर्ट बाइक नेपाल भित्रिने भएको छ । विगत ५ बर्ष देखि विभिन्न सवारीसाधन आयात गरी त्यसको बिक्री तथा बिक्री पछिको सेवा दिँदै आइरहेको आरोग्य मोटर्सले निकट भविष्यमा २०० सीसी क्षमताको डर्ट बाइक नेपाली बजारमा ल्याउन लागेको हो ।

चीनमा उत्पादन गरेर नेपाली ब्राण्ड ‘एरोमा’ को नाममा तीन पाँग्रे सवारीसाधन आयात गर्दै आइरहेकोमा अब दुई पाँग्रे सवारीसाधन पनि एरोमा नै ब्राण्ड नेम राखेर आयात तथा बिक्री वितरणको व्यवस्था मिलाइएको कम्पनीको भनाइ छ ।

एयरकुल्ड सहित सिंगल सिलिण्डरको इन्जिन रहेको यो बाइकले ८६०० आरपीएममा १४।८ एचपी पावर र ६५०० आरपीएममा १४।९ एनएम टर्क जेनेरेट गर्छ । नेट तौल ११५ किलोग्राम रहेको यो बाइकले एक लिटर पेट्रोलमा ४० किलोमिटर भन्दा बढीको माइलेज प्रदान गर्ने बताइएको छ ।

पहिलो चरणमा एरोमा डर्ट बाइक १ मोडल र २ रङ्गहरुमा बजारमा उपलब्ध हुनेछ । हाइड्रोलिक सस्पेन्सन सहितको आरामदायक यो बाइकमा १७ इन्चको स्पोक व्हिल दिइएको छ । १२ लिटरको फ्युल ट्यांक भएकाले लामो यात्राका लागि अति उपयुक्त मान्न सकिन्छ ।

आरोग्य मोटर्सका सेल्स एन्ड मार्केटिङ हेड शंकर शर्माका अनुसार एरोमा बाइक आगामी भदौ मसान्त भित्रै नेपाल नेपाल ल्याउने प्रयास भइरहेको छ । 

Skip This
Logo