छैठौं शैक्षिक मेला शुरू

“स्वदेशमै शिक्षा, सबैको इच्छा” भन्ने मूल नाराका साथ आजबाट छैठौं शैक्षिक मेला शुरु भएको छ । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डटकमको आयोजना गरेको मेला राजधानीको होटल अन्नपूर्णमा शुरु भएको हो ।

नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी आयोजित मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागी छन् । मेलाबाट बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी लगायत कोर्ष पढ्न चाहने बिद्यार्थीेहरु लाभान्वित हुने आयोजकले जनाएको छ ।

मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिइरहेका छन् ।

मेला भोलि (साउन १८ गते) सम्म संचालन हुनेछ ।