भिन्न–भिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु

भिन्न–भिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु


बाँके, सल्यान र रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ । 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ । घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने ४० वर्षीय पूर्ण बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको  हो । 

रूपन्देहीको सियारी गाउँपालिका–२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Logo