मेयर बालेनविरुद्ध अदालतमा मुद्दा दर्ता

मेयर बालेनविरुद्ध अदालतमा मुद्दा दर्ता


काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहविरुद्ध सर्बोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । सोमबार अधिवक्ता दिपकराज जोशीले बालेनविरुद्ध मुद्दा दर्ता गरेका हुन्  ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा मेयर बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । बालेनले लेखेको त्यो स्टाटसले अदालतको अपहेलना भएको उनको भनाइ छ ।

 

Logo