कोरोनाबाट स्वदेशमा भन्दा विदेशमा बढी नेपालीको मृत्यु, संक्रमित पनि विदेशमै बढी

कोरोनाबाट स्वदेशमा भन्दा विदेशमा बढी नेपालीको मृत्यु, संक्रमित पनि विदेशमै बढी


विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट नेपालभित्र भन्दा बाहिर बढी नेपालीको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाको संक्रमणबाट नेपालमा १४९ जनाको मृत्यु भएको छ । तर विश्वका विभिन्न देशमा गरी अहिलेसम्म १९२ नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत देशमा रहेका नेपालीको ज्यान गएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।

त्यस्तै नेपालमा भन्दा विदेशमा बढीइ नेपाली कोरोनाबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३१ हजार ९३५ जना नेपाली संक्रमित भएका छन् । तर, विदेशमा ३४ हजार ३०१ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड-१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

नेपालमा कोरोनाको पहिलो संक्रमित गत वर्षको माघ ९ गते फेला परेको थियो । त्यसको एक महिनापछि दोस्रो संक्रमित चैत १० गते भेटिएको थियो । त्यसपछि सुस्त गतिमा बढेको कोरोनाको दर गत साउन ६ गते लकडाउन अन्त्य भएसँगै ह्वात्तै बढेको हो ।

साउन ६ गने कुल संक्रमितको संख्या १७ हजार ९ स ९४ थियो भने त्यो संख्या भदौं ६ मा आइपुग्दा ३१ हजार १ सय १७ पुग्यो । यसैगरि साउन ६ गते सम्मको दैनिक संक्रमण दर १ सय ५० रहेकोमा भदौं ६ मा आइपुग्दा ६ सय ३४ पुगेको छ । यता निको हुनेको संख्या पनि एक महिना अघि १२ हजार ५ सय १७ रहेकोमा हाल भदौ ६ गते आँउदा १८ हजार ३ सय ५० मात्र रहेको छ । यता मृत्यु हुनेको संख्या पनि साउन ६ को डाटा २ रहेकोमा भदौं ६ माआएर यो संख्या ह्वात्तै बढेर ९ मा पुगको छ ।

कोरोना संक्रमितको संख्या तीव्रदरमा बढेसँगै देशका ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।

Logo