समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलको निवेदन

समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलको निवेदन


आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिए ।

त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ५५, मधेसमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Logo