एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा २५ प्रतिशतसम्म छुट 

एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर हस्पिटलमा २५ प्रतिशतसम्म छुट 


एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बैंकका कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल कर्णाली प्रदेशका उप निर्देशक दिपककुमार गौतमले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटलमा केबिन ९डिलक्स० मा २५ प्रतिशत, केबिन ९नर्मल० र होल बडी चेकअपमामा २० प्रतिशत, अप्रेशन शुल्कमामा १५ प्रतिशत, सिटी स्क्यान, एक्सरे, यूएसजी, इको, इण्डोस्कोपी, आईसीयू÷एनआईसीयू, पोस्ट अप, डेन्टर र एमबुलेन्समा  १० प्रतिशत र प्याथोलोजी तथा फार्मेसी ९मेडिशिन० मा ५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।

बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे सेवा प्रदान गर्दै आएको छ । 

Logo