विश्व बैंकले नेपाललाई १० करोड डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

विश्व बैंकले नेपाललाई १० करोड डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने


विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब ७५ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा सोमबार  सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् ।

बजेटरी सहायताका रूपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउनेछ । ‘ग्रीड’अन्तर्गत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो पहिलो चरण हो ।

Logo