हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरमा १४ हजार छुट

हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरमा १४ हजार छुट


हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरमा १४ हजार छुट दिएको छ । 

सो आफर तिजको दिन भाद्र १४ गते अर्थात सोमबार मात्रै लागु हुने छ । नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हरितालिका तीजको अवसरमा विशेष स्किम उपलब्ध गराउने भएको छ ।

तीज भोलि भदौ १४ गते परेको र सो अवसरमा स्कुटर बुकिङ गर्ने महिलाहरुका लागि १४ हजार रुपैयाँ छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । ईभी नेपाल मोटर्सले विभिन्न समयमा विभिन्न आकर्षक अफर सहित लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको छ । 

जर्मन कम्पनी बोसको मोटर भएको, सामसुङको लिथियम आयोन ब्याट्री भएको र सजिलै घरमा चार्ज गर्न मिल्ने ब्याट्री उपलब्ध लेभ्निङ स्कुटरका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन्। हाल लेभ्निङका काठमाडौं उपत्यकामा नक्साल, टेकु, भैसेपाटी, बाफल, गाबहाल, भक्तपुर र बनेपा तथा उपत्यका वाहिर जनकपुर, विर्तामोड, बुटवल, पाल्पा, पोखरा, सुर्खेत र धनगढीमा शोरुम छन् ।

Logo