मोरङ-३ बाट चुनाव लड्ने तयारीमा रेखा थापा

मोरङ-३ बाट चुनाव लड्ने तयारीमा रेखा थापा


अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार सिफारिस भएकी छन् । 

राप्रपाको स्थानीय कमिटीले मोरङ -३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन् ।मोरङ -३ मा नेकपा एमालेको संगठन बलियो छ । सो क्षेत्रमा एमालेका भानुभक्त ढकाल उम्मेदवार बन्ने तयारीमा छन् । 

रेखा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार पनि भएकी थिइन् तर, उनी कुन्तीकुमारी शाहीसँग पराजित भइन् ।

 

Logo