दशैंका लागी नयाँ नोट २६ भदौदेखि साट्न पाइने

दशैंका लागी नयाँ नोट २६ भदौदेखि साट्न पाइने


नेपाल राष्ट्र बैंकले दशैं, तिहार चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी भएको हो । बैैंकले नयाँ नोट वितरण गर्दा प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने छ ।

काठमाडौं उपत्यकाभित्र वा बाहिर सबै बैंक तथा वित्तीय संस्थामार्फत आवश्यकता अनुसार नयाँ नोट साट्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Logo