चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते


दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताए । 

मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे  आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उनको भनाइ छ । आज बिहान वडाध्यक्ष द्रोणबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएपछि घटनास्थलतर्फ प्रहरी पठाइएको डिएसपी गौतमले बताए । 

उनका अनुसार घटना स्थलमा पुग्न ४ घण्टा पैदल हिड्नु पर्छ । अबको २ घण्टापछि प्रहरी घटनास्थलमा पुगेपछि मात्रै सबै कुरा थाहा हुने उनको भनाइ छ । 

Logo