विदेशमा मात्र ३४ हजार ३०१ नेपाली कोरोना संक्रमित, १९२ जनाको मृत्यु

विदेशमा मात्र ३४ हजार ३०१ नेपाली कोरोना संक्रमित, १९२ जनाको मृत्यु


काठमाडौं ।

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा १९२ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभिड–१९ बाट पछिल्लो साता लग्जम्वर्गमा थप एक जनाको ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा विभिन्न १६ मुलुकका नेपाली रहेका छन् । कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत देशमा रहेका नेपालीको ज्यान गएको छ ।

समितिका अनुसार पछिल्लो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरेबिया लगायत देशमा कोरोना सङ्क्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएको समितिले जनाएको छ ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भएको उल्लेख गर्दै नेपाली समुदायलाई सजक रहन आग्रह गरे । विदेशमा मात्र ३४ हजार ३०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २५३ जनाले कोरोनालाई परास्त गरेका सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

Logo