कांग्रेसले दिवंगत गिरीको स्मृतिमा बिहीबार शोक सभा गर्ने

कांग्रेसले दिवंगत गिरीको स्मृतिमा बिहीबार शोक सभा गर्ने


नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, सांसद एवम् समाजवादी चिन्तक दिवंगत प्रदीप गिरीको स्मृतिमा शोक सभा आयोजना गरेको छ ।

कांग्रेसले बिहीबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा गिरीको स्वर्गारोहणको तेह्रौँ दिनको अवसरमा शोक सभा गर्न लागेको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले सांसद गिरीको १३ औँ दिनको तिथिको अवसरमा बिहीबार शोक सभाको आयोजना गरिएको जानकारी दिनुभयो ।

सचिव पराजुलीका अनुसार सभामा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।

घाँटीको क्यान्सरबाट पीडित गिरीको भदौ ४ गते राति मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Logo