सडकमा गुडिरहेको बस खेतमा खसेपछि…

तनहुँको पृथ्वी राजमार्ग अन्तर्गत बन्दीपुर गाउँपालिका–५ ढावमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । नारायणगढबाट बेनीतर्फ जाँदै गरेको बा ४ ख ५९८८ नं को बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।

बस सडकसँग जोडिएको खेतको गह्रामा पुगेको छ । दुर्घटनामा परि घाइते भएकाहरु १८ जनाको डुम्रे बजारस्थित लक्ष्मी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

बसमा ३३ जना यात्रु सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडकमा गुडिरहेको बस खेतमा खसेपछि…