फक्सवागनले ल्यायो दशैं-तिहार लक्षित अफर

फक्सवागनले ल्यायो दशैं-तिहार लक्षित अफर


फक्सवागन गाडीको लागि नेपालको एकमात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नेपालीहरुको महान् चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘अनविटएबल फेस्टिभ अफर’ ल्याएको छ ।

यो योजनाअन्तर्गत फक्सवागन प्रिमियम चार पाङ्ग्रे सवारी साधनको खरिदमा ग्राहकहरुले ०.९९ प्रतिशतबाट सुरु हुने गरि न्यूनतम ब्याजदरको लाभ प्राप्त गर्न सक्छन् । नयाँ कार किन्न र प्रिमियम कार संस्कृतिमा स्विच हुन खोज्ने गाडी प्रेमीहरुलाई यो अफर सबैभन्दा राम्रो रहेको कम्पनिले जनाएको छ ।  

अनविटएबल कार, अनविटएबल अफर  ट्याग लाइनका साथ सुरु हुने यो योजनामा उत्कृष्ट जर्मन-इन्जिनियर कारमा इजी फाइनान्सिङ सुविधा प्राप्त हुनेछ। साथै, टेस्ट ड्राइभको लागि शोरुम भ्रमण गर्ने एक भाग्यशाली विजेताले नेपालको सबैभन्दा विलासी रिसोर्टमा स्टेकेशन जित्ने मौका पाउनेछ।

यो योजना सेप्टेम्बर १ देखि देशभर लागु हुँदैछ। 
 

Logo