मदिराले मातेका सञ्जय श्रीदेवीको कोठामा पुगेपछि…

मदिराले मातेका सञ्जय श्रीदेवीको कोठामा पुगेपछि…


अभिनेत्री श्रीदेवी हामी छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ ।

श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् । यो घटना फिल्म ‘हिम्मतवाला’को सुटिङसँग सम्बन्धित हो । फिल्मको सुटिङ मुम्बईमा भइरहेको थियो । यो कुरा थाहा पाएका सञ्जय श्रीदेवीलाई भेट्न मुम्बई पुगे ।

सञ्जय मातेर श्रीदेवीलाई भेट्न पुगेका थिए । तर, त्यहाँ सेटमा श्रीदेवीलाई उनले भेटेनन् । युनिटका एक सदस्यले श्रीदेवी आफ्नो कोठामा रहेको जानकारी दिए । यो कुरा सुनेका सञ्जय कोठामा पुगे । मातेर पुगेका सञ्जयलाई देखेपछि श्रीदेवी डराएर चिच्याउन थालिन् ।

यो घटनाको चर्चा निकै भएको थियो । यो समय सञ्जय सफलता पाउनका लागि संघर्षरत थिए । सञ्जय लोकप्रिय भएपछि उनले फिल्म ‘गुमराह’मा श्रीदेवीका साथ काम गरेका थिए । तर यो फिल्मको सुटिङ भइरहँदा उनीहरु बोलेनन् ।

एजेन्सी

Skip This
Logo