गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको छ : अध्यक्ष प्रचण्ड

गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको छ : अध्यक्ष प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक पुगेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले निर्वाचन क्षेत्र तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताए । सत्तारुढ गठबन्धनभित्र कुनै असहमति नरहेको उनले दाबी गरे ।

प्रचण्डले आफू चितवनको ३ नम्बर क्षेत्रबाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणापत्र आउनसक्ने बताएका छन् ।

एमालेसँग कुनै पनि प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै उनले गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने बताए ।

   

Logo