गठबन्धनकै भर नलागेपछि निधिले प्रत्यक्ष निर्वाचन नलड्ने, समानुपातिकमा सिफारिस

गठबन्धनकै भर नलागेपछि निधिले प्रत्यक्ष निर्वाचन नलड्ने, समानुपातिकमा सिफारिस


नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ ।  प्रत्यक्ष निर्वाचनमा नलड्ने घोषणा गरेका निधिको नाम धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले  समानुपातिकमा सिफारिस गरेको हो । 

अघिल्लो पटकको निर्वाचनमा निधि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । तर, याे पटक परिस्थिति फेरिएकाे छ । हाल सरकारमा कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन छ । यसाे हुँदा पनि आफू अनुकूल चुनावी परिणाम नआउने संकेत पाएपछि निधिले समानुपातिकमा रहेर सिट सुरक्षित गर्न चाहेको बुझिएको छ । 

यसले लोसपालाई सत्ता गठबन्धनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखिरहेको अडानमा  नेता निधिले साथ दिएकाे पनि देखिएकाे छ । उनले आफ्नो निर्वाचन क्षेत्र छाड्न बाधक नहुने सन्देश पार्टी सभापति देउवा र केही पदाधिकारीलाई पनि दिइसकेका छन् । अब लोसपा गठबन्धनमा सामेल भयो र जितेकै निर्वाचन क्षेत्र सुरक्षित राखेर अन्यमा बाँडफाँट गर्ने अवधारणा अपनाइएकाे खण्डमा भने उक्त क्षेत्र महताेले पाउन सक्छन् ।

Skip This
Logo