जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो । 

उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

Logo