केन्यामाथि नेपालकाे सानदार जित, आसिफको शतक

केन्यामाथि नेपालकाे सानदार जित, आसिफको शतक


युवा ओपनर आसिफ शेखको शतकमा नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्यामाथि सानदार जित निकालेको छ । शुक्रबार भएको पहिलो एकदिवसियमा केन्याविरुद्ध नेपाल ७ विकेटले विजयी बनेको हो । 

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा आसिफ शेखले १ सय २० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय १० रनको शतकीय इनिङ खेले । त्यस्तै, अर्जुन साउद ६१ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले २४ रन बनाए । 

 केन्याका विशिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाए पनि पाँचौं विकेटका लागि राकेप पटेल र कोलिन्स यबुयाले १३० रनको शतकीय साझेदारी गर्न सफल भएर नेपालसामु २१९ रनको चुनौती प्रस्तुत गरेको थियो । 

राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन र कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको पारी खेले । केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन जोडे । 

केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले ३–३, आदिल आलम र पवन सर्राफले १–१ विकेट लिएका थिए । 

जितसँगै तीन एकदिवसिय अभ्यास खेलमा नेपालले १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ । 

Skip This
Logo