निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाकाे दाबी

निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने महामन्त्री थापाकाे दाबी


सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । 

सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो । ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केही दिन भित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे । 

महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए । उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिन पछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अव गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिन पछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

Logo