अस्पतालले छोरी मारेको भन्दै आन्दोलनमा उत्रेका बाबुको पीडा (भिडियो सहित)

काठमाडौं,

विरामी हुँदा अस्पताल जानु पर्छ भन्ने चेतना हिजोआज सबैतिर छ । अस्पताल गएपछि सबै रोग निको हुन्छ भन्ने हाम्रो विश्वास छ । तर कहिलेकाहिं हाम्रो विश्वास पनि त्यतिबेला गलत साबित हुन्छ, जतिबेला अस्पतालकै लापर्बाहिले विरामीको मृत्यु सम्म हुन पुग्छ ।

यस्तै भएको छ , एक अभिभावक दम्पतिलाई । राजधानीको सबैभन्दा महंगो र चर्चा पाएको ग्राण्डी अस्पतालको लापर्बाहिले एक नवजात शिशुको मृत्यु भएपछि आमाबाबुहरु पीडित त हुने नै भए , अस्पतालको ६ लाख भन्दा वढी बिल पनि तिर्नु पर्ने अवस्थामा छन् । तैपनि अस्पतालले आफ्नो गल्ती नभएको दाबी गरिरहेको छ । नुवाकोटका दोर्जी तामाङको यो पीडा हेरौं यस भिडियोमा :