बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल

बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल


प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आइतबार बिहान छलफल भएको हो । 

आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ।

कांग्रेसका एक नेताका अनुसार गठबन्धनमा जसपा र नेकपा एकीकृत समाजवादीले धेरै सिट दाबी गर्दा सिट बाँडफाँटको विषय टुंग्याउन गाह्रो भइरहेको छ।

 

Logo