‘वैदेशिक रोजगारीमा ठगीको सूचना आउँछ, अनुगमनमा टोलीले केही पनि भेट्याउँदैन’

‘वैदेशिक रोजगारीमा ठगीको सूचना आउँछ, अनुगमनमा टोलीले केही पनि भेट्याउँदैन’


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन् । 

आईतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन् । उनले  शुन्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताए । 

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजिकरण गर्ने बताए । उनले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको बताए । मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताउए । उनले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्ने गरेको बताए । 

मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताए । उनले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताए । मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भएपनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे । उनले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए । 

‘कल सेन्टरमा श्रमिकका समस्या तत्काल पनि समाधान गरेका छौं । कल सेन्टर कल सेन्टरको लागि मात्रै होइन । तत्काल समाधान गर्ने माध्यम पनि भएको छ । श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ । सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ । बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ । धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन् । केही जटिल प्रकारका भएकाले केही समय लाग्छ । मन्त्रालयले रोमनियाको लागि साढे ३ लाख लिएर पठाइँदै छ भनेर सुनौं । शंका लागेको व्यक्तिलाई मन्त्रालयले एक घण्टाभित्र बोलाएर स्पष्टीकरण सोधेका छौं ।  शंका गरेको व्यक्तिहरुले अन्त पनि देखाएको छ । मन्त्रालयका यस्ता जानकारी आउँदैन ।’ उनले भने, ‘अब अलिअलि अफ्ठ्यारो पनि लाग्न थाल्यो । शुन्य लागतमा पठाउने भनेका छौं जताततै पैसा असुल भएको छ । त्यसको नियन्त्रण भएको छैन । त्यसको नियन्त्रणको लागि अनुगमन टोली पठायौं । टोलीले केही पनि भेटाउँदैन । पैसा र प्रमाण केही भेटाउँदैन । प्रमाण नभई कारबाहीको दायरामा कसरी ल्याउने सरकारलाई समस्या परेको छ । त्यस्तो भइरहेको सबै ठाँउबाट जानकारी आउनुप-यो । सबै मन्त्रालय,प्रहरी पत्रकार सबै जना जाऔं मेनापावरले अफिसमा पैसा असुल गर्दैन । त्यस्ता एजेण्टका कहाँ छ बस्ने ठाँउहरु त्यसको सोधि खोजि गरौं ।’

उनले थपे- ‘वैदेशिक रोजगारीमा पठाउने नाउँमा जताततै ठगीको कामलाई नियन्त्रण गर्नुपर्छ । अहिले घर जग्गामा दलाली छ । अहिले फोहोर उठाउने विषयमा समेत दलाली चल्न थालेको छ । यो सबैको समाधानको लागि राज्यको मात्रै काम हो भनेर बस्दा समाधान गर्न सकिँदैन । त्यसको लागि सबैको भुमिका महत्वपूर्ण हुन्छ ।’
 
मन्त्री कुँवरले आईतवार चार जना श्रमिकहरुको गुनासोहरु सुनेका छन् । उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको,वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए । 

श्रममन्त्री कुँवरले हेरक हप्ताको आईतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहेका छन् । 

Logo