इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन

इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन


इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ । करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ (ईयू) र नेटोको समेत विरोध गरे ।

कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले  केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा तटस्थ हुनुपर्ने र रुसलगायतका ग्याँस आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष सम्झौता सुनिश्चित गर्नुपर्ने माग गरे । प्रदर्शनमा करिब ७० हजार प्रदर्शनकारीको सहभागिता रहेको पहरीले अनुमान गरेको छ । 

‘हाम्रो प्रदर्शनको उद्देश्य परिवर्तनको माग गर्नु हो । बिजुली र ग्यासको समस्या समाधान गर्नु हो । यसले हाम्रो अर्थतन्त्रलाई शरद ऋतुमा ध्वस्त पार्छ’ कार्यक्रमका सह–आयोजक जिरी ह्याभेलले भने ।

सरकारले विश्वासका मत लिएको एक दिनपछि सरकारविरोधी विशाल प्रदर्शन भएको हो । विपक्षीले मुद्रास्फीति र ऊर्जाको मूल्यमा सरकार निष्क्रिय भएको आरोप लगाएका छन् ।

Logo