‘विक्रम वेधा’को ट्रेलर ८ सेप्टेम्बरका दिन सार्वजनिक हुने

‘विक्रम वेधा’को ट्रेलर ८ सेप्टेम्बरका दिन सार्वजनिक हुने


विक्रम वेधा फिल्ममा पहिलो पटक ऋतिक रोशन र सैफ अलि खान एकसाथ देखिदै छन् । 

यो फिल्मको टे«लर ८ सेप्टेम्बरका दिन रिलिज हुने भएको छ । यो आधिकारीक जानकारी फिल्मकै मुख्य नायक तथा स्टार ऋतिक रोशनले सामाजिक सञ्जाल टिविट्र मार्फत सो जानकारी दिएका हुन ।  

ऋतिक रोसन र सैफ अलि खानको यो फिल्म सेप्टेम्बर ३० का दिन विश्वब्यापि रुपमा प्रदर्शन हुन गइरहेको छ । यी दुई स्टारहरुलाई एक साथ एउटै फिल्ममा हेर्नका लागि फ्यानहरु धेरै समयदेखि पर्खिरहेका थिए । सो पोष्टमा ऋतिकले ‘यसपटक मजा मात्रै होइन, सबै अचम्म हुनेछन् ।’ भनि लेखेका छन् । 

रिपोर्टका अनुसार विक्रम वेधाको बजेट १७५ करोड रहेको छ । फिल्ममा ऋतिक रोशन, सैफ अलि खान, राधिका आप्टे, शारिब हाशमी लगायत कलाकारहरुको अभिनय रहेको छ । 

विक्रम वेधा सन् २०१७ मा बनेको दक्षिण भारतीय फिल्मको हिन्दी रिमेक हो । सन् २०१७ मा बनेको फिल्ममा आर माधवन, विजयसेतुपति, श्रद्धा श्रीनाथ, भरालक्ष्मी लगायतको अभिनय रहेको थियो । ११० करोड लगानीमा बनेको सो फिल्मले ६ सय करोडको ब्यापार गरेको थियो ।      
 

Logo