महाकाली नदीमा पानीको बहाव बढ्यो, यात्रुहरु अलपत्र

महाकाली नदीमा पानीको बहाव बढेको छ ।

नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन्।

नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ ।