उप-निर्वाचनबाट ५० जना जनप्रतिनिधि चुनिंदै, कहाँ-कहाँ हुँदैछ चुनाव ? (सूचीसहित)

निर्वाचन आयोगले उप-निर्वाचन हुने स्थानहरुको सूची सार्वजनिक गरेको छ ।

आयोगले उप- महानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिकाका वडाध्यक्ष र प्रदेश तथा प्रतिनिधि सभा सदस्यको रिक्त स्थानमा मंसिर १४ गते शनिबार उप निर्वाचन गर्ने गरि सूची तयार पारेको हो ।

उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदका लागि निर्वाचन हुँदैछ ।

आयोगले जन प्रतिनिधि नरहेको ३७ जिल्लामा उप-निर्वाचन गर्न लागेको हो ।