सामाजिक कार्य गर्न भैरहवामा शुक्रबार लायन्स कर्पाेरेट नाइट

सामाजिक कार्य गर्न भैरहवामा शुक्रबार लायन्स कर्पाेरेट नाइट


गायक हेमन्त शर्माले शुक्रबार भैरहवामा आफ्नाे प्रस्तुति दिने भएका छन् । भैरहवाकै स्थानीय कलाकारसमेत रहेका शर्माले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको आयोजनामा हुने लायन्स कर्पोरेट नाइटमा सांगीतिक प्रस्तुति दिने भएका हुन् । 

विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिहरूको निश्चित सहभागिता रहने कार्यक्रममा भैरहवाकै स्थानीय राष्ट्रिय तथा ख्यातिप्राप्त आधुनिक गायक शर्मासहित स्थानीय महिलाहरूको सांगीतिक ब्याण्ड र नृत्यको प्रस्तुति रहने क्लबका अध्यक्ष गौतम गुप्ताले बताए ।

सिद्धार्थनगर नगरपालिका- १२ डाँडागाउँस्थित युनिक बैंक्वेटमा बेलुका साढे ५ बजेबाट सुरु हुने कार्यक्रम पूर्णरूपमा सांगीतिक हुने कार्यक्रमका संयोजक अनिलकुमार गुप्ताले बताए । च्यारीटेबल कार्यक्रमका रूपमा कर्पोरेट नाइट आयोजना हुन गइरहेको उनकाे भनाइ छ । कार्यक्रममा सहभागिताका लागि १५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

कार्यक्रममा सहभागीले रात्री खाना (डिनर), स्न्याक्स (खाजा) तथा सीमित पेय पदार्थ पाउने छन् । कार्यक्रममा ३५० देखि ४०० जनाको सहभागी हुने लक्ष्य राखिएको छ । 

Logo