मेयर र उपमेयर समूहबीच झडप, प्रहरीको लाठीचार्ज

धनुषाको हंसपुर नगरपालिका प्रांगणमा भएको झडपमा उपमेयरसहित आधा दर्जन घाइते भएका छन् ।

मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा समूहबीच झडप कार्यालय सार्ने बिषयमा भएको हो । मेयर मण्डलले कार्यालय सार्नकालागि ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गरेका थिए।  सोही क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपपछि प्रहरीको लाठीचार्जबाट  उपमेयर झासहित वडा २ का अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापडलगायत घाइते भएका छन् । उनीहरूको उपचार स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

सरकारले हंसपुर नगरपालिकाको कार्यालय बघचौडामा तोकेको छ । तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय संचालन गरेका छन् । उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने बताउदै आएका छन् ।