हिरासतमा रहेका सुरक्षागार्ड गुरूङलाई छाड्न गृहमन्त्रीको निर्देशन

हिरासतमा रहेका सुरक्षागार्ड गुरूङलाई छाड्न गृहमन्त्रीको निर्देशन


गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटीजका सुरक्षागार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा प्रहरी हिरासतमा पुगेका सुरक्षागार्ड गुरूङलाई सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु-याएर छाड्न निर्देशन दिएका हुन् । 

आइतबार क्यानडाको भिसा प्रोसेसका लागि छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठ र उनका सुरक्षाकर्मीलाई सेक्युरिटी गार्ड कुँवरले लाइनमा बस्न भन्दै रोकेका थिए । तर, मन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गर्दै साँझ नै कुँवरलाई  दुर्व्यवहारको आरोपमा पक्राउ गर्न लगाई हिरासतमा राख्न लगाएका छन् । त्यसको चौतफी विरोध भएको छ भने गुरूङको रिहाइ माग्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायरसमेत भएको छ।

Logo