स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

काठमाडौं,

भारतिय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले गहिरो समवेदना व्यक्त गरेका हुन् ।

स्वराजको हृदयघातका कारण गएराती निधन भएको हो । सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ समेत रहेकी ६७ वर्षिया स्वराजको दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । उनको आजै अन्त्यष्टि गरिने पनि बताइएको छ ।

एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समय अनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

स्वराजको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त