ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ शाक्य

ऐना झ्यालको पुतली हेर्न पुगिन् नेतृ शाक्य


नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रया पाएको छ । 

काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञहरुले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनीहरुले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए । चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुत लगायतको उपस्थिति थियो । 

चलचित्र हेरिसकेपछि अभिनेता दीपकराज गिरीले सानो बेलामा आफ्नो परिवेशलाई स्मरण गर्न बाध्य बनाउने चलचित्र रहेको बताए । उनले कथावस्तु सानो लाग्ने तर फिल्मको सन्देश भने व्यापक रहेको बताए । यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रका पात्रलाई दर्शकले आफैँ हुँ जस्तो बनाउने गरी चलचित्र प्रश्तुत गर्नु उत्कृष्ट रहेको बताइन् । 

त्यस्तै कलाकार निर्मल शर्माले चलचित्रले आफ्नो मलाई सानो बेलामा पु-याएको भन्दै चलचित्रको प्रशंसा गरे । गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर रहेको प्रतिक्रिया दिइन् । उनले नेपाली सामाजिक इतिहासको दस्ताबेजका रुपमा फिल्मलाई चित्रण गरिन् । उनले चलचित्रमा नारीले जीवनमा गर्नुपरेका सम्झौतालाई यथार्थ वर्णन गरिएको बताइन् । 

त्यस्तै अभिनेता एवं गायक प्रकाश सपुतले बाल्यकालको जीवनमा आफूले भोगेको यथार्थता चलचित्रमा झल्किएको बताए । आफूले चलचित्रमा हरेक भाग आफूले भोगेको रहेको भन्दै एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए । 

त्यस्तै अभिनेत्री केकी अधिकारीले फिल्म रहर सपनाको कथा भएको बताइन् । उनले सामाजिक परिबन्धनका कारण छोड्नुपरेका सपनाहरु फिल्ममा रहेको र अभिनय जीवन्त लाग्ने बताइन् । उनले यस्ता चलचित्र हेर्नैपर्ने किसिमको रहेको बताइन् । अभिनेत्री शिरु बिष्टले बाल कलाकारलाई राखेर काम गर्दा धेरै मिहेनत गरेर काम गरेको बताइन् । उनले बाल कलाकारहरुको अभिनयका कारण आफ्नो अभिनय पनि उचाईमा पुगेको बताइन् ।

Logo