दोहोरो अंकले घट्यो नेप्से परिसूचक

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले घटेकोे छ । सोमबार ४ दशमलव २९ अंकले घटेको बजार मंगलबार २१ दशमलव २२ अंकले घटेर १ हजार  ९५१ दशमलव ७९ विन्दुमा बन्द भएको हो ।  

मंगलबार २२७ वटा धितोपत्रको ३२ लाख ९ हजार कित्ता सेयर १ लाख १९ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्जले जनाएको छ । 

मंगलबार म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशतल बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

त्यस्तै, मंगलबार उन्नती सहकार्य लघुवित्तको सेयरमुल्य ९ दशमलव ६८ प्रतिशतले बढेको छ भने कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको  सबैभन्दा बढी ९ करोड १४ लाखभन्दा बढीको सेयर कारोबार भयो ।
 

Logo