सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सर्लाहीको हरिवनमा सेञ्चुरी बैंकको नयाँ शाखा


सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मंगलबारदेखि सर्लाहीको हरिवन नगरपालिका वडा नं. १० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकीले नयाँ रोड शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैधलगायत बैंकका कर्मचारी तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

२०७९ असार मसान्तसम्ममा बैंकले रु १ खर्ब १ अर्ब ४० करोड निक्षेप संकलन र रु ९१ अर्ब ४६ करोड कर्जा प्रदान गरी १ अर्ब ३५ करोड ७२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको कुल शाखा संख्या १४७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखासहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Logo