कार बम हमलामा मस्को समर्थित अधिकारी घाइते

कार बम हमलामा मस्को समर्थित अधिकारी घाइते


एजेन्सी । दक्षिणी युक्रेनको रुसी नियन्त्रित बन्दरगाह सहर बर्दयान्स्कमा कार बम विस्फोट भएको छ । विस्फोटमा क्रेमलिन समर्थक एक अधिकारी गम्भीर घाइते भएका छन् ।

विस्फोटपछि रुसी अधिकारी आर्टेम बर्डिन गम्भीर घाइते भएका हुन् । उनी सवार कारलाई लक्षित गरी विस्फोट गराइएको जनाइएको छ । 

स्थानीय रुसी समर्थक अधिकारीहरूले आक्रमणको पछाडि  युक्रेनी आतंकवादी जिम्मेवार भएको आरोप लगाएका छन् । पछिल्लो समयमा युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरूमा रूसी सेनाले खटाएका अधिकारीहरू शृंखलाबद्ध हमला पर्ने गरेका छन् ।

Logo