जीडब्लूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर

जीडब्लूएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर


ग्रेट वाल मोटर (जीडब्लूएम) गाडीको नेपालका लागि आधिकारिक विक्रेता भीजी इम्पेक्सले दसैँ, तिहार र छठको अवसरमा आकर्षक छुटसहितको ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ नामक अफर ल्याएको छ । 

जीडब्लूएम गाडीको खरिदमा कम्पनीले छुट, एक वर्षको कम्प्रिहेन्सिभ बिमा, एक वर्षको फ्री मेन्टेनेन्स प्याकेजजस्ता अफर ल्याएको छ । यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडीहरु हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ ।

जीडब्लूएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिने भीजी इम्पेक्सले जनाएको छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बिमा उपलब्ध हुनेछ । साथै एक वर्षसम्म फ्री मेन्टेनेन्स रहने छ । यसअन्तर्गत एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् । साथै लोएल्टी बोनसको रुपमा ग्राहक स्वयम् वा आफ्नो परिवारसँग कसैको पहिले नै जीडब्लुएमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकले नि:शुल्क एसेसरिजसहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् । प्याकेजमा ३ वर्षको नि:शुल्क सर्भिस उपलब्ध हुनेछ ।

Logo