कसरी लाग्यो बालुवाटार नजिकै सुविसु भवनमा आगो ? (हेर्नुहोस् भिडियोमा)

बालुवाटारस्थित सुविसु केबुल नेटवर्कको कार्यलयमा लागेको आगो नियन्त्रणमा लिँदै अग्नी नियन्त्रक । तस्वीरः रोशन सापकोटा/रासस

काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा भीषण आगलागी भएको छ । बुधबार मध्याह्न १२ः३० बजे आगलागी भएको हो । प्रधानमन्त्रीसहित विभिन्न भीआईपी निवास नजिकै आगलागी हुँदा पनि आगो निभाउने दमकल पुग्न झण्डै आधा घण्टा लागेको थियो ।

जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।

कसरी लाग्यो बालुवाटार नजिकै सुविसु भवनमा आगो ? (हेर्नुहोस् भिडियोमा)