‘धुर्मुस–सुन्तली’ फेरि फर्किए कलाकारितामा, बनाउने भए फिल्म (भिडियोमा)

काठमाडौं । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र बनाउने घोषणा गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहेका धुर्मुस-सुन्तलीले चलचित्र बनाउने घोषणा गरेका हुन् ।

रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्र ‘सेन्टी भाइरस’ सामाजिक कथावस्तुमै बन्ने छ । कमेडी जनराको यो चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । चलचित्रमा डिन्डु लामा निर्माताको रुपमा छन् भने फूर्पा लामा सह–निर्माताको रुपमा छन् ।