बारामा कोरोनाका कारण पूर्वप्रहरीको मृत्यु

बारामा कोरोनाका कारण पूर्वप्रहरीको मृत्यु


बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा १ घर भएका ५८ बर्षिय एक पुरुषको शुक्रबार राति मृत्यु भएको हो । उनी अवकास प्राप्त पूर्वप्रहरी नायव निरिक्षकसमेत हुन् ।

शुरुमा ज्वरो आएर खोकी लागेपछि सिमरास्थित अल्पाइन अस्पताल पुर्याइएका उनलाई अस्पतालले ज्वरो नियन्त्रण गर्न लगातर ७/८ वटा इन्जेक्सन लगाएको थियो । एक हप्तासम्म पनि ज्वरो नियन्त्रण नभएपछि उनलाई बीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो । नारायणी अस्पताल पुर्याएपछि मात्रै उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

त्यहाँँ पनि उपचार हुन नसकेपछि केही दिनपछि उनलाई गण्डक अस्पताल पुर्याइयो । कोभिडले च्यापेपछि उनलाई थप उपचारका लागि शुक्रबार नै काठमाडौं लगिएको थियो । काठमाडौं अस्पताल पुर्याए लगत्तै उनको मृत्यु भएको हो ।

Logo