नबिल बैँक र युनिलिभरबीच सहकार्य, अब कसले के सुविधा पाउँछन् ?

नबिल बैँक र युनिलिभरबीच सहकार्य, अब कसले के सुविधा पाउँछन् ?


नबिल बैँक लि. र युनिलिभर नेपाल लि.बीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य भएको छ । बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको थियो ।
 
यस  सहकार्यअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैँभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने छन् ।

च्यानल फाइनान्सिङका प्रमुख आर्कषण अन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ । साथै व्यवसायीहरुको लागि व्यवसाय विस्तार गर्न अन्य एस. एम. ई. कर्जा पनि उपलब्ध हुनेछ ।

सो अवसरमा बारेमा बोल्दै बैँक प्रमुख कार्यकारी अधिकृत ढुंङ्गानाले बैँकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एस. एम. ई. कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए । 

Logo