भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु


नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ बिहीबार (आज) देखि भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।

५ दिन (भदौ २७) सम्म चल्ने एक्स्पोले फर्निचर, तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिस्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म एक्स्पो स्थल खुला रहने एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालीले जनाएको छ ।

 

उक्त प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी विभिन्न किसिमका अफरहरु सञ्चालन गर्ने आयोजकको भनाई छ । अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध हुनेछन् । साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सयभन्दा बढी स्टल (प्रदर्शनी कक्ष) रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क हुनुका साथै एक्स्पोको डिजिटल पेमेन्ट पार्टनर डिजी पेमार्फत पनि निःशुल्क प्रवेश पास पाउन सकिनेछ । प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाइटेड फोम एन्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । एक्स्पोको डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे छ भने स्पेस म्यागिजिन, नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एशोसियसन नेपालको सहयोग रहेको छ ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको समर्थन छ । बदलिँदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकले जनाएको छ । 

‘किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रुपमा रहने छन् । संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा बर्सेनि फर्निचर तथा फर्निसिङ सामग्रीहरुको बृहत् मेला ’फर्नेक्स नेपाल’ को आयोजना गर्दै आएको छ । 
 

Logo