स्काई वर्थको दशैं-तिहार अफरः ‘क्यासब्याक दनादन, उपहार टनाटन’

स्काई वर्थको दशैं-तिहार अफरः ‘क्यासब्याक दनादन, उपहार टनाटन’


के.एल.दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले नेपालीहरुको महान् चाड दशैं-तिहारको अवसरमा स्काई वर्थ होम अप्लायन्समा “स्काई वर्थ क्यासब्याक दनादन उपहार टनाटन” सार्वजनिक गरेको छ ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काई वर्थ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् । विगत ५ वर्षदेखि स्काई वर्थले नेपाली बजारमा निकै लोकप्रियता कमाईरहेको छ र देशभरका उपभोक्ताहरुको शीर्ष रोजाई बन्दै आइरहेको छ । स्काई वर्थले बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ । 

ग्राहकहरुले यो ब्राण्डमार्फत नयाँ अनुभव बटुल्ने अवसर पाउनुका साथै यो चाडपर्वलाई अझै विशेष बनाउन सक्नेछन् भन्ने विश्वास लिएकाे कम्पनीले जनाएको छ । 

Logo