कोरोना नभएका वडाध्यक्षको उपचार नपाएर मृत्यु

कोरोना नभएका वडाध्यक्षको उपचार नपाएर मृत्यु


सुनसरी।

कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ ।

सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको शनिबार अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो । दिउसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उनको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड—१९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा ल्याइएको थियो ।रासस

Logo