फ्राइडे फिल्म: ‘साइनो’ लाई ‘रे’ र ‘काँचुली’को टक्कर

आज (शुक्रबार) फ्राइडे रिलिज अन्तरगत ३ वटा नयाँ फिल्म प्रर्दशन भएका छन् ।

अभिनेत्री भुवन चन्दद्वारा निर्माण गरिएको ‘साइनो’, राजेन्द्र त्रिपाठीको ‘रे’ र शंकर अधिकारी (घायल) को ‘काँचुली’ प्रदर्शन भएका हुन् ।

साइनो

फिल्म साइनोलाई भुवन चन्दले निर्माण गरेका हुन् । रमेश थापाले निर्देशन गरेको यो फिल्ममा भुवन चन्दसहित निता ढुङ्गाना, मिरुना मगर, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेलका साथमा नव–कलाकार राज कुमारको अभिनय छ।

अभिमन्यु निरबीको कथा लेखन रहेको फिल्ममा बनिष शाहको सम्पादन तथा रामेश्वर कार्कीको छायाँकंन रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा वसन्त सापकोटाको संगीत छ ।

काँचुली

आजैबाटै प्रदर्शनमा आएको फिल्म ‘काँचुली’ शंकर अधिकारी (घायल)ले निर्देशन गरेका छन् । निर्देशक अधिकारीकै लेखन, पटकथा तथा संवाद रहेको फिल्ममा शुभेच्छा थापा, रबिन श्री, सुभाष गजुरेल, शर्मिला शर्मा र राजन महर्जनलगायतको अभियन रहेको छ। सुशील डांगीको छायाँकंन, देव महर्जनको द्वन्द्व तथा राजन महर्जन र दीलिप राईको नृत्य निर्देशन रहेको फिल्ममा राजु लामा, राजेन्द्र बजगाईं, शंकर अधिकारी घायलको संगीत रहेको छ ।

रे

त्यस्तै आजबाट फिल्म ‘रे’ पनि प्रर्दशनमा आएको छ। राजेन्द्र त्रिपाठीको निर्माण, दिनेश पौडेलको लेखन तथा निर्देशन रहेको ‘रे’ मा अभिनेता सुनिल थापा, दिवस धिताल, पूर्णिमा लामा, सुजता थापा, क्रान्ती बराइली लगायतकोअभिनय रहेको छ ।

फ्राइडे फिल्म: ‘साइनो’ लाई ‘रे’ र ‘काँचुली’को टक्कर