गायक पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो

गायक पराजुलीको ‘क्यार्ने हो’ सार्वजनिक, सिंगल शटमा खिचियो भिडियो


विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहीवार साँझ सार्वजनिक भएको छ । गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् ।

राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् । राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ । नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ ।

भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ ।  सिंगल शट म्युजिक भिडियोको रुपमा  सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’,  ‘कर्के नजर’,  छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको  छ ।

 

Skip This
Logo