महारानी एलिजावेथको निधनमा तीन दिन शोक मनाउने नेपाल सरकारको निर्णय

महारानी एलिजावेथको निधनमा तीन दिन शोक मनाउने नेपाल सरकारको निर्णय


नेपाल सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने भएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महारानी एलिजावेथको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको हो ।  भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ । 

९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको थियो ।  

Logo